कृष्ण पौडेल /सुनवल | पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२भुमही मा रहेको श्री जगन्नाथ नमुना माध्यामिक विद्यालयमा दिउसै देखेको सपना सफल पार्ने अभियानमा व्यवस्थापन समिति लागिरहेको स्कुल ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्री बताउनुहुन्छ।
श्री जगन्नाथ नमुना माध्यमिक विद्यालयमा गता दुई वर्ष यता ८०८ जना विद्यार्थी विभिन्न विद्यालयबाट यस विद्यालयमा थपिएको प्रधानध्यापक कर्ण बहादुर राहादी मगर बताउनुहुन्छ।
यस विद्यालयमा विद्यार्थीको संख्या धेरै भएकाले भवन अभाव हुन नदिन चारकोठे दुईतले भवन एक १३ कोठे मन्टिश्वरी भवन एक र बाल तथा अपाङ्ग मैत्री शौचालय १ थपिएको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्री बताउनुहुन्छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरल बाट ४ महिना बन्द रहेको पठनपाठनलाई जेठ महिना बाट अन्लाईन कलास सञ्चालन गरेको शिक्षकहरु बताउनुहुन्छ ।
अरु विद्यालयको तुलनामा श्री जगन्नाथ नमुना माध्यमिक विद्यालयमा अनुशासन र उचित शिक्षा रहेको विद्यार्थीहरू बताउँछन् । यस विद्यालयमा सुनवल ११,१२,१३ रामग्राम नगरपालिकाको ११ र सरावल गाउँपालिकाको १ र २ का विद्यार्थी अध्ययनरत छन्। श्री जगन्नाथ नमुना माध्यमिक विद्यालयमा राहातमा ४ जान प्रा.बी मा ९ जान नि.माबि मा ७ जान र मा. बि मा ३ जान गरि शिक्षक सहित ६० जान कर्मचारी रहेको प्रधानध्यापक बताउनुभयो विद्यालयमा टाढा-टाढाबाट विद्यार्थी आउने भएकाले सुनवल नगरपालिकाको अनुदानमा एउटा बस सञ्चालन गरिएको छ।
विद्यार्थीहरूको स्वास्थ्यमा समस्या आएमा प्रथामिक उपचारको लागि भनेर स्वास्थ्य साघ र एक जान महिला नर्से कर्मचारी व्यवस्थापन गरेको प्रधानध्यापक ले बताउनुभयो ।