रंजीत शर्मा/ नवलपरासी/ १४ भदौ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ र ३ का १५ जना अति बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ।
हिन्दू स्वयंसेवक संघ पाल्हिनन्दनको आयोजनामा उक्त वडाका १५ जना अति बाढी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । प्रति परिवार चामल १० किलो चामल,आलु १ किलो, दाल १ किलो, तेल आधा लिटर, नुन १ प्याकेट, सोयाबिन एक पाउ लगाएतको समान वितरण गरिएको संघले जनाएको छ ।
हिन्दू स्वयंसेवक संघ नेपाल पाल्हिनन्दनका सह-संघ चलाक गुड्डु गुप्ताको अध्यक्षता तथा हिन्दू स्वयंसेवक संघ नवलपरासीका जिल्ला सह-संघ चालक अरविन्द कुमार शर्माको प्रमुख अतिथिकतामा सम्पन भएको छ।
अति बाढी प्रभावित परिवारलाई उक्त राहत वितरण गर्दै संघ सह-चालक गुप्ताले दुर्गन्धित बाढीको पानीबाट उत्पन्न हुने विभिन्न रोगहरुबाट बच्न र सरसफाईमा ध्यान दिन आग्रह गरेका छन्। हिन्दू स्वयंसेवक संघले वितरण गरेको राहत कार्य निकै सामाजिक तथा मानवीय भएको जिल्ला संघ सह-चलाक शर्माले प्रशंसा गर्दै थप वडाहरुमा राहत वितरणका लागि विभिन्न निकायहरुसंग पहल भैरहेको बताएका छन्। उनले यस्तो विपद्का बेलामा आफ्नो आफनो तह बाट हुन सक्ने सम्पूर्ण सहयोग गर्नु अनुराेध गर्दै यस्तो विपत्तिको बेलामा राहत वितरण कार्यमा हातेमालो गर्न यहाँका अरु संघ–संस्था तथा पालिकालाई समेत आग्रह गरेका छन्।
हिन्दू स्वयंसेवक संघले यस्तो विपद्का बेलामा पीडित परिवारलाई राहत पुगोस् भनि यो राहत वितरण गरेकोमा निकै खुशी हुदै आफूहरु विपद्का बेलामा समाजमा अग्रसर भइ सामाजिक कार्यहरु गर्दै आएको हिन्दू स्वयंसेवक संघ पाल्हिनन्दनका संघ सह-चालक गुड्डु गुप्ताले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा पत्रकार रंजीत शर्मा, हिन्दू स्वयंसेवक संघ नेपाल नवलपरासीका जिल्ला कार्यवाहक राघवेन्द्र दिबेदी, विश्व हिन्दू परिषद् नवलपरासीका व्यबस्थापक प्रमुख वृजनन्दन गिरी, बैजनाथ साहनी लगायतको समाजसेवीहरुको उपस्थिति रहेको थियो ।