रन्जीत शर्मा/नवलपरासी/२८ साउन । कोरोना महामारीको तेस्रो लहरको जोखिम अत्यन्त धेरै भएको तर गाउँ समुदायमा मास्क लगाउन छोडेको हुनले समुदायस्तरमा चेतना फैलाउन पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड नं ४ बैरवामा मास्क बितरण कार्यक्रम सम्पन्न भएको छ।
उपकार समाज संस्था, मैत्री समाज नेपाल तथा उत्तम सहयोगी समाज संस्थाहरुको संयुक्त सह-आयोजना तथा सहजीकरणमा नि:शुल्क मास्क वितरण तथा जनचेतना फैलाउने कार्यको थालनी भएको छ ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका क्षेत्रमा समुदाय स्तरमा कोरोनाको तेस्रो लहरको संक्रमणको त्रास देखिएपछि "खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन" भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस-२०२१ अवसरमा कार्यक्रम गरीएको थियो।
कार्यक्रम संयोजक विनय मिश्रको अध्यक्षता तथा यूवा अभियान्ता एवं समाजसवी गुड्डु गुप्ताको प्रमूख अतिथिता , समाजसेवी तथा नेपाल शिक्षक संघ पाल्हिनन्दनका अध्यक्ष मोबारख पठानको विशिष्ट अतिथिकता, यूवा अभियान्ता शुभान अली, पत्रकार रंजीत शर्मा ,विनोद निगम लगायतको अतिथिकता तथा ३० जना युवा सहभागितामा भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुप्ताले “ कोरोनाको दोस्रो चरण लहर संगै दोस्रो चरणको लकडाउन अन्त्य भएसँगै आवतजावत निकै बढेको छ र धेरै जसोले मास्क नै नलगाई हिँड्ने गरेकोले कोरोनाको तेस्रो लहरको महामारी फैलिने सम्भावना बढी रहेकोले यसलाई न्यूनीकरण गर्न तथा जनचेतना जगाउने काम निकै राम्राे भएको बताउनु भयो, युवाहरु परिवर्तनका संभाहक तथा हरेक सुख दुःखमा काम आउँने भएकोले यस्तो महामारी संग समाना गर्न यूवा हरु लाग्न अनुरोध गर्द अन्तर्राष्ट्रिय युवा दिवसको शूभकामना दिनु भएको छ।
कार्यक्रमलाई सम्वोधन गर्दै विशिष्ट अतिथि मोबारख पठानले "कोरोना महामारी सँग सामना गर्न हामी यूवा यसरी नै समाजमा जनचेतना जगाउने काम गर्नु पर्छ भन्दै युवा दिवसको शूभकामना दिनु भएको छ।
कार्यक्रमका बिहान ८ बजे सुरु गरिएको कार्यक्रम १० बजे सम्म चलेको र ४०० पिस मास्क पसले तथा सर्वसाधारणलाई वितरण गरिएको हो। यसलाई अझ प्रभावकारी बनाउन फेरि पनि यसलाई निरन्तरता दिईने कार्यक्रम संचालक आदित्य प्रजापतीले जानकारी दिनु भयो ।