नवलपरासी/ २६ साउन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ पर्ने परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिकमा लाखौँको रकम हिनामिना गरेकाे नगरबासीले आरोप लगाएका छन्। समितिका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गरी विधान मै नभएको पदमा रु. २,५०,००० (अक्षरुपी दुई लाख पचास मात्र) घुस खाइ सोही जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ५ बस्ने समीक्षा यादवलाई कार्यालय व्यवस्थापक एवं लेखा हेर्ने भनि गैर कानुनी तरिकाले नियुक्ति दिइएको आरोप लगाएका छन् यसको विरुद्ध दुईपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरी दिएको तर हालसम्म कुनैपनि कार्यवाही न भएकोले यो तेस्रो पटक कार्यवाही हुने आशालेउजुरी दिएका छन्। परासी खानेपानी तथा सरसफाई उक्त समितिको बिधानमा कार्यालय व्यवस्थापक एवं लेखपालको दरबन्दी नरहेको, निज समीक्षा यादवले समितिको कार्यालय व्यवस्थापक पदमा स्वामसेवकमा सेवा गर्ने पाउ भनी निवेदन समितिको कार्यालयमा मिति २०७७/११/२५ गते दिएको दर्ता न १३४ रहेको, मिति २०७७/११/२५ गते नै परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरूको बैठक रामग्राम नगरपालिका वडा नम्बर ६ पोखारपलीको बृहत खानेपानी सुधार विस्तार आयोजनाको भवनमा भएको र परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बैठक विगत २० वर्ष देखि आफ्नो कार्यालय रामग्राम नगरपालिका वडा नम्बर १ बाहेक बाहिर नभएको आर्थिक लेनदेन लुकाउनका लागि पहिलो पटक बाहिर बैठक गरेको तथ्य सहित आरोप लगाएका छन्। उक्त दिन कै बैठकमा समिक्षा यादवलाई मासिक रु ६ हजार खाजा खर्च दिने गरी कार्यालय व्यवस्थापक एवं लेखा हेर्ने भनि स्वामसेवक नियुक्ति दिएको तर त्यसको २४ घण्टा भित्र पहिलो नियुक्ति बदर गरी स्वामसेवक लेखेको शब्दलाई काटी ज्यालादारी बनाई पुनः नियुक्ति दिइएको आरोप लगाएका छन्। निज समीक्षा यादवलाई नियुक्ति दिएको मितिबाट एक महिना सो बैठकमा कार्यालय व्यवस्थापकको दरबन्दी सिर्जना गरेको तथा सो बैठकमा समीक्षा यादव दिनको साढे १ बजे आफ्नो श्रीमान सहित गएको र निजले १ हजारको नोट 1 थान , पाच सयको ३ थान गरी जम्मा रु २,५०,००० समितिको बैठकमा अध्यक्षलाई दिएको जसमा अध्यक्ष खगेश्वर पन्थीले रु ५०,०००/-, उपाध्यक्ष चन्द्र प्रकाश गुप्ताले रू ५००००, सचिव उमाशंकर उपध्यायले रु ५०,००० कोषाध्यक्ष नुरुल्ला मियाले रु ५०,००० र सदस्यहरु जगदिश गुप्ता र लक्ष्मी नारायण श्रेष्ठले रु २५०००/२५००० रूपैया घुस लिएको तर बाकी दुई सदस्य विरेन्द्र यादव,लक्ष्मी कुमारी श्रेष्ठले पैसा नलिएको आरोप लगाएका छन्। यसै यस आरोप लाई प्रमाणीत गर्न बैठक सके पछि रामग्राम नगरपालिका वार्ड नं १० पर्ने सन्ध्या रेस्टरेन्टमा रोस्ट,मासु बियर लाएर खाएको तथा पछी रोष्ट नास्ता बिल भुक्तानी कार्यालयबाट भएको एवम् अन्य वियर र मासुको भुक्तानी निज समीक्षा यादवको श्रीमानले भुक्तानीले गरेको भुक्तानीबाट रकम हिनामिना भएको प्रमाणीत गर्न सकिन्छ भनेर आरोप लगाएका छन्। घटना को खोज अनुसन्धान पछी मात्र प्रमाणीत गर्न सकिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ।
परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा लाखौको रकम हिनामिनाको आरोप