काठमाडौं ।नेपाल सरकारले पेट्रोलको मूल्य बढाएको छ । आयल निगमले मंगलबार राती १२ बजेपछी लागू हुने गरी प्रति लिटर २ दुई रुपैयाँ बढाएको हो ।
लिटरमा दुई रुपिया बढेसङ्गै अब लिटरको १०७ रुपैयाँ पुगेको छ । तर डिजेल, मटितेल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने हेरफेर भएको छैन।
पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर (आज) मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएकोले पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।