कृष्ण पौडेल ,सुनवल । सुनवल नगरपालिका वडा नम्बर २मा गतवर्षदेखि अहिलेसम्म ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। ४८जना कोरोना भाइरस मुक्त भएका छन् भने एक जनाको पोखरामा उपचार भइरहेको छ । एकजना लाई स्वास्थ्यमा समस्या आएको कारणले पोखरा पठाइएको छ भने ४८ जनाको घरमै वडाको स्वास्थ्यचौकीमा खटिएका स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गरि निको भएको वडाध्यक्ष राजेन्द्र यादवले जानकारी दिएका छन। 'म संक्रमितको घर घरमा गइ सुझाव सल्लाहा दिएको छु र समस्या भएमा खबर गर्न भनेको छु।' वडा अध्यक्ष राजेन्द्र यादवले गण्डकी आजलाई जानकारी दिए। अति आवश्यक काम परेमा घर बाहिर निस्किदा स्वास्थ्य मापदण्ड पालना गरी निस्किन र जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पालना गर्न सबै वडा बासीहरुलाई अनुरोध गरेको पनि वडाध्यक्ष राजेन्द्र यादवको भनाइ छ वडामा संक्रमितको स्वास्थ्यमा जटिल समस्या आएमा नगरस्तरीय आईसियुमा लगिएको पनि उनले बताए।
सुनवल-२ मा हालसम्म ५१ संक्रमित,२ को मृत्यु ,वडाध्यक्ष निरन्तर संक्रमितको सम्पर्कमा