काठमाडौं– डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो।नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुने प्रहरीमा हालसम्म उनी उच्च ओहोदाका हुन। केही दिनअघि संक्रमण पुष्टि भएपछि केसी अस्पताल भर्ना भएका थिए। उपचाररत केसीको गएराति प्रहरी अस्पताल महाराजगन्जमा निधन भएको हो।
उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।