पुष्कर खड्का
१९ बैशाख, रामेछाप । नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य शिबबहादुर खड्काको निधन भएको छ ।
सुनापति गाउँपालिका–४ बेथान निवासी नेता खडकाको आज बिहान दश बजे आफ्नै निवास भक्तपुरमा लडेर बेहोस भएपछि भत्तपुरमा रहेको नागरिक अस्पतालमा उपचार गर्ने क्रममा खड्काको ७८ बर्षको उमेरमा आज बिहान निधन भएको नेपाल तरुणदलका अध्यक्ष काजी बहादुर खड्का दिनेशले जानकारी दिनु भयो ।
अध्यक्ष खड्काले दिएको जानकारी अनुसार खड्का नेपाली कांग्रेसका जिल्ला सभापती, जिल्ला बिकास समिती रामेछापका सभापती समेत भइसक्नु भएको थियो । उहाँको अनुसार स्वर्गीय खड्काको अहिले अन्त्यष्टि गर्नको लागि पशुपति लैजाने तयारी भइरहेको बताउनु भयो ।