पाल्पा -चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । तिनाउँ गाउँपालिका १ कचलका कर्ण बहादुर उचाईको घरमा गएराती परेको चट्याङ लागेर स्थानीय १६ वर्षिय प्रेम बहादुर बगालेको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका बगाले लाई उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।
चट्याङ लागेर १५ वर्षिया ईन्दिरा उचाई र रैनादेबी छहरा ४ घर भई तिनाउँ १ बस्ने १९ बर्षिय रामु गाहा घाईते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।