बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वासको प्रस्तावमा नयाँ मुख्य मन्त्रीमा माओवादी केन्द्रका कुल प्रसाद केसीलाई प्रस्ताव गरिएको छ । लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ८७ जना सांसद छन्। यहाँ बहुमतको सरकार बनाउनका लागि ४३ मत आवश्यक पर्छ।