नन्दु यादव ,नवलपरासी-पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ९ बेलाटारी स्थित ईलाका प्रहरी कार्यालय बेलाटारीमा आज परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
बैशाख ३गते काठमाडौं बाट सरुवा भई आउनु भएका प्रहरी निरिक्षक प्रकाश बहादुर सिहलाई स्वागत एवम परिचयात्मक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
कार्यक्रममा पुर्व सांसद देवकरण कलवार सन्तु , प्रताापपुर गाउपालिकाकि कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरी ,सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डे ,युवा नेता उमेश चन्द्र यादव लगायतले आफ्नो सुझाव राख्नु भएको थियो।
कार्यक्रममा स्थानिय बुध्दिजिबि ,विभिन्न सघ सस्थाका प्रतिनिधि ,शिक्षाप्रेमी ,राजनितिक दलका प्रतिनिधि ,सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै निरिक्षक प्रकाश बहादुर सिहले लागुपदार्थ दुर्ब्यसनि नियन्त्रण ,महिला हिसा नियन्त्रण ,चोरि ,सिमाबाट हुने तस्करी नियन्त्रण ,ट्राफिक नियम बारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै अगाडि बढने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।