काठमाण्डौ -नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक आइतबार दिउँसो २ बजे ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
बैठक गत चैत ३० मा बस्ने भनिए पनि स्थगित भएको थियो। बैठकमा पार्टीको आगामी १४औं महाधिवेशनको तयारी लगायत विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ। कांग्रेसले भदौ ७ का लागि महाधिवेशनको मिति तोकेको छ।