कावासोती,भाद्र १४। गण्डकी प्रदेशमा थप पााँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ निर्देशनालय ,पोखराले दिएको जानकारी अनुसार मध्यविन्दु नगरपालिका वडा न ४ घर भै हाल चितवन कलेज अफ मेडिकल साइन्समा कार्यरत एक जना २० बर्षिय स्वास्थकर्मी,कावासोती नगरपालिका वडा न २ कि २१ वर्षीय महिला,पोखरा महानगरपालिका वडा न ७ कि ३७ वर्षीय महिला र ५३ बर्षीय पुरुष तथा वडा ८ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुस्टि भएको हो।पाच जना संक्रमित थपिएसङ्गै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ।तेस्तै गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ।
मध्यविन्दुकि एक स्वास्थ्यकर्मी सहित गण्डकी प्रदेशमा थप पाच जनामा कोरोना संक्रमण