काठमाण्डौ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा दिउँसो दुई बजेका लागि बैठक बोलाउनुभएको हो । आजको पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जसपा सँग भइरहेको छलफल तथा थप रणनीति तय गर्ने तयारी छ ।
भोलि बस्ने केन्द्रीय कार्य समिति बैठकका लागि एजेण्डा तय गर्न तथा १४ औं महाधिवेशन बारे छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।