२७ चैत्र, बाँके । संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित चार जना पक्राउ परेका छन ।
बाँकेको कोहलपुर नगरपालिका-११ बसपार्क स्थित लालिगुराँस होटलबाट दुई थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित चार जना पक्राउ परेका छन ।
रोल्पाको सुनछहरी गाउँपालिका-१ का ३२ वर्षीय खिमान सिंह रोका मगर समेत रहेका ४ जनालाई बिहीबार राति नै प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्ने क्रममा उनीहरुलाई वन्यजन्तु रेड पाण्डाको छाला सहित फेला पारी पक्राउ गरेको छ ।
उक्त सम्बन्धमा बाँके प्रहरीले थप अनुसन्धान गरिरहेको श्रोतले जनाएको छ ।