२० चैत, कैलाली । कैलालीमा प्रहरी हुँ भन्दै पैसा माग गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
धनगढी उपमहानगरपालिका-८ का व्यापारीलाई प्रहरी हुँ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा धनगढी उपमहानगरपालिका -५ का २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका-२ का २५ वर्षीय पारस मल्ललाई बिहीबार नै प्रहरीले पक्राउ गरेको छ ।
कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएका प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरू दुई जनालाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरेको हो ।
यस विषयमा थप आवस्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।