एजेन्सी -ताइवानमा आज बिहान रेल दुर्घटना हुदा ३६ जना यात्रुको मृत्यु भएको छ।
पूर्वी हुलियन क्षेत्रको टनेलमा रेल दुर्घटना हुँदा ३६ जना यात्रुको मृत्यु भएको हो । ट्रकसँग ठोक्किएर रेल दुर्घटना भएको च्यानल न्युज एसियाले जनाएको छ। ७३ जना रेलभित्र रहेको र उद्धार कार्य भइरहेको स्थानीय प्रहरीले जनाएको छ। रेलमा ३ सय ५० जना यात्रु सवार रहेको बताइएको छ।
रेलमा बिदा मनाउन हिँडेका पर्यटकहरू रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।