विमल भट्टराई सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देबकोटा माध्यमिक विधालयमा कक्षा १२ का विधार्थीले कक्षा ११र कक्षा १२ का विधार्थी लाई स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । 

No description available. सुनवल नगरप्रमुख भीम बहादुर थापा प्रमुख आथित्यता रहेको कार्यक्रममा कक्षा १२ मा अध्यनरत विधार्थी तुल्सा न्यौपाने को अध्यक्षता रहेको कार्यक्रमको विशेष अथिति विधालय ब्यबस्थापनका अध्यक्ष ज्ञानहरि अर्याल रहनु भएको थियो भने विधालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कक्षा १२ ब्यबस्थापन संकायका दिपा मिश्राको स्वागत मन्तब्य राख्नु भएको थियो भने मन्तब्य प्रमुख अथिति भीम बहादुर थापा , विशेष अथिति ज्ञानहरि अर्याल,कक्षा ११ कानुन संकायकका स्मृति वि क को र शिक्षकशिक्षिकाहरुको तर्फबाट स्कुलका प्रधानध्यापक खेमलाल शर्माले राख्नु भयको थियो भने विधालयका ब्यबस्थापन समितिका सदस्यहरुको मतब्य रहेको थियो । कार्यक्रमको समिला गोरखाली र सभ्या चौधरीले गर्नु भएको थियो ।


