१ चैत्र, बाँके । सिरहा लाहान स्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । उक्त बम बिस्फोट हुँदा ८ जना घाइते भएका छन् । मालपोत कार्यालयको माथिल्लो तलाको हलमा आज दिउँसो करिब १ बजेको समयमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घाइते हुनेमा सिरहा बिषणपुरा गाउँपालिका बस्ने कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लिखन्दास भोला बहादुर मगर, गोलबजार नगरपालिका -६ बस्ने ३५ वर्षीय लक्ष्मी राना र बेचनी मगर, सिरहा नगरपालिका -१६ बस्ने ५२ वर्षीय लाल बहादुर बिश्वकर्मा, गोलबजार बस्ने ३८ वर्षीय फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका बस्ने ५४ वर्षीय बद्रि नारायण यादव सहित सिरहा धनगडीमाई नगरपालि – ४ बस्ने अन्दाजी ३०/३५ वर्षीय सेवाग्राही दिनेश भण्डारी गरि आठ जना घाइते भएका छन्।
घाइतेहरुको लाहान अस्पतालमा उपचार भइरहेको छ ।सेवाग्राही दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख डीएसपी तपन दहालले जानकारी दिए।
घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको बताईएको छ । प्रहरी अनुसार घटनामा संलग्न समूहको खोजी कार्य जारी छ ।