बिहेको मण्डप सम्म पुर्याउँछु भन्थ्यो तर उसले मेरो शरीर चुसेर आर्यघाट सम्म पुर्यायो ! भन्न त उसले जिन्दगी भर साथ दिन्छु भन्थ्यो । उसको झुटो मायामा लागेर मैले आफ्नो शरीर नै उसलाई सुम्पिदिएकी थिए । आखिर म कति अबुझ र निरिह बन्न पुगे छु । उसले जिन्दगी भर साथ दिन्छु भनी सधै मेरो शरीर चुसीरहेको पनि पत्तो पाइन । न मैले कसैलाई भन्न नै सके नत केही गर्नै, यो मन भित्र को पिडा मन मै रइरह्यो । यो समाजलाई भनम भने सबले छि छि गर्दै हिड्ने पो हुन कि घर परिवार लाई भनम भने घर बाटै पो ‘यो अल्छिनि’ भनी निकाल्दिने पो हुन् भन्ने लागेर पिडा जती मनमा कुन्ठित पारेर बसेँ । पिडामा रुँदारुदै सोच्छु कि म कहाँ जाम के गरम जस्लाई साचो माया गरेकी थिए उस्ले आज मेरो जिन्दगी नै बरबाद पार्यो । म रोएको देख्ने हजार भए तर कसैले के भयो भनी सोध्ने सम्म हिम्मत गरेनन्, गर्नु पनी किन म त समाजको नजरमा गिरी सकेकी जो थिएँ । सब आफ्नो स्वार्थको लागि माया को झुठो नाटक गरिराछन् । आखिर को नै रहेछ र मेरो मन भित्र को पिडा बुझिदिने अनि यी सितको थोपा जस्तै झरीरहेको आसु पुछिदिने…..
लेखक: सन्देश भण्डारी, रेनुका भट्टराई