२५ फागुन, बाँके । जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको बैठक दिउँसो १ बजे बस्दै छ ।
उक्त बैठकमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै संसदमा कसरी अघि बढ्ने विषयलाई निर्क्यौल गरिने बताईएको छ ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा रूपान्तरण भएको सरकारका बारेमा पनि धारणा तय हुने श्रोतले जनाएको हो ।