प्रेम विवाह गरेकी कावासेतीमा रहेकी सरस्वती सिस्देलले विवाह पछि मात्र थाहा पाइन् आफुलाई प्रेमको नाटक गरेर विवाह गर्नुको रहस्य अर्कै रहेछ । उनले विवाह गरेर गएको भोलीपल्ट वाटै उनलाई ब्यवहार फरक हुन थाल्यो । त्यती धेरै अपहेलाना सहेर बसेकी उनी जब सुत्केरी भइन् त्यसपछि उनी माथिको या त ना ले पाराकाष्ट नाघ्यो ।
छोरी जन्मिएर जब उनी सुत्केरी भइन् त्यती बेला उनको शरिर कमजोर थियो । उनलाई स्याहारको खाँचो थियो । तर उनलाई कुम सम्म पानी आउने गरी डुवाएर राखियो । खान दिइएन । सरस्वतीले आफुलाई परेको कुरा सुनाउँदा कसैको पनि मन थाम्न सक्दैन ।
बुवाको निधन पछि दाईले नै उनलाई छोरी समान पालेर राखेका थिए । तर बहिनीले प्रेम गरेपछि उनले पनि बहिनीकै इच्छा अनुसार विवाह गरिदिए, तर ति दाईलाई बहिनीले यस्तो पी डा भोगेकी छन् भन्ने कल्पना पनि गरेका थिएनन् । विवाह गरेर गएपछ बहिनीलाई दाईसंग कुराकानी पनि गर्न दिइन्थेन ।