उत्तम कुमार थापा- प्रधानमन्त्री केपि शर्मा अाेलिले गरेको संसद विघटनलाई प्रतिगमन को रुप दिदै अखिल महिला संघ सडकमा अाएकाे छ ।
आइतबार बझाङ सदमुकाम चैनपुर मा अखिल महिला संघ बझाङले प्रतिगमन का विरुद्ध बिरोध प्रदर्शन गरेको हो । बिरोध कार्यक्रम मा बोल्दै प्रदेश सभा संसद देबकी मल्लले सरकार ले गरेको संसद विघटन का विरुद्ध गाउँ गाउँबाट सबैले प्रतिकार गर्नुपर्ने बताए । अब जनता ले प्रतिगमन का विरुद्ध सडक मा आयर कठोर कदम चाल्नु पर्ने उनको भनाइ छ ।
संघले र्यालि चैनपुर बजार मा बजार परिक्रम गरि लोकतान्त्रिक चोकमा कोणसभा गरेको थियो । संघको नेपाल मा वृद्धि भइरहेका बलात्कार का घटना हरु को न्यूनीकरण करण गर्न बलात्कारि लाइ फासी को सजाय हुनुपर्ने माग छ ।