बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले मिति २०७७।०९।२७ गते अन्दाजी ०९:३० बजेको समयमा काठमाण्डौ चन्द्रागिरि न.पा.वडा नं.२ नागढुंगास्थित चेकजाँचको क्रममा स्रोत नखुलेको नगद रकम रु ३६,९०,०००।– (अक्षेरुपी छत्तीस लाख नब्बे हजार रुपैँया) सहित १ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका वडा नं. ६ घर हुने बर्ष २६ को राम कुमार गुरूङ रहेका छन् । चितवनबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ९१३९ नं. को हायस गाडीलाई रोकी प्रहरीले चेक जाँच गर्ने क्रममा उक्त गाडीमा सवार निज रामकुमार गुरूङले बोकी आएको कालो रंगको झोलामा नेपाली मुद्रा रु १,०००।– (एक हजार) दरको ३६०० (तीन हजार छ सय) थान र नेपाली रकम रू ५००।– दरको १८०(एक सय असी) थान गरी जम्मा रकम रु ३६,९०,०००।– (अक्षेरुपी छत्तीस लाख नब्बे हजार रुपैयाँ) फेला परेकोले निजलाई पक्राउ गरिएको हो । निजहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग हरीहभवनसँग समन्वय भैरहेको छ ।
स्रोत नखुलेको रकम ३६ लाख ९० हजार सहित एक पक्राउ