दोरेन्द्र खड्का २०७७ मंसिर २८ बझाङ । बझाँङ जयपृथिवी नगरपालिका वडा न २ कि आएकी ३० वर्षीय साधना खड्का अहिले एकल जीवनसंगै कष्टपूर्ण जीवन जीउँन बाध्य छिन् । उनको यो कष्टपूर्ण जिवन हुनुमा प्रमुख कारण हो बालविवाह । स्कूलको पहुचबाट धेरै टाढा रहेकी पार्वतीको २०५७ सालतिर १४ वर्षको कलिलो उमेरमै घरपरिवारले विवाह गरिदिए पछि सुरु भए उनका दुःखका दिन । विहे भएको एक÷दुई बर्षसम्म घर परिवारसंग सुमधुर सम्बन्ध रहेपनि केहि वर्षपछिबाट उनले श्रीमान र घरपरिवारबाट पाउँन सम्म दुख पाईन् । शारिरीक मात्रै नभइ चरम मानसिक यातनासंगै आर्थिक अभाव समेत भोगेकी पार्वती ती घट्ना सम्झदाँ आँखामा आशु झार्छिन । जति काम गर्दा पनि उनलाई घरपरिवारकोे माया कहिल्यै मिलेन् । परिवारको साथ सहयोग नपाएकी उनले विहे भएको दुई बर्षमा एउटा सन्तान त जन्माईन तर कुपोषणका कारण मृत । त्यसपछि घरको अत्याधिक शारिरीक कामले उनको प्रजनन क्षमता ह्रास हुदैगयो ।
हुँदा–हुँदै पाठेघर खस्ने समस्याले उनले अर्को सन्तान जन्माउन सकिनन् र त्यसपछि श्रीमानले दोस्रो विहे गरे । त्यसपछि उनीमाथि झनै बज्रपात प¥यो । कानुनमा बहुविबाह गर्नेलाई कारवाही गर्ने ऐन नियम भएता पनि बहुविबाह गर्ने लोग्नेका विरुद्ध उजुरी हाल्नु त परको कुरा, एक शब्द पनि बोल्न सकिनन् । ‘लोग्नेले गरेको बहुविबाहको विरुद्ध बोल्न सकिएन् ।’ पिडीत जोशीले भनिन, ‘बहुविवाहको मुद्दाबारे थाहा नै थिएन ।’
कुकुरको भन्दा नि तल्लो स्तरको व्यवहार आफूले खेप्नुपरेको जोशी बताउँछिन । ‘अहिले सम्झीदाँपनि आङ्ग सिरिङ्ग हुन्छ । समयमा होस पुगेन् के गर्नु घर न घाटको जीवन जीउँनु नै मेरो नियतिमा लेखेको रैछ’ उनले भनिन् । लोग्नेले नै उनीमाथि ठूलो बज्रपात थपेपछि घर परिवारसंगको सम्बन्ध झनै विकराल बन्दै गयो । घरपरिवारले सहयोग नगरेपछि महेन्द्रनगर स्थित कहिले फुपुसासुको घरमा त कहिले कान्छा ससुराको घरमा काम गरेर १५ बर्ष विताईन । त्यसपछि फुपाजु ससुराको सहयोगमा महेन्द्रनगरको एक विद्यालयको कार्यालय सहयोगीको रुपमा रोजगारी पाएपछि जिवनयापनमा अलि सहज भयो । पछिल्लो समयमा आएर विश्वव्यापी रुपमा रहेको कोरोना महामारीको कारण देशमा लकडाउन भएपछि जसोतसो ज्याला मजदुरी गरेर कष्टपूर्ण जीवन बिताउँदै आईरहेकी छिन ।
बालविबाहको कारण पिडादायी जीवन व्यतित गर्ने उनी एक प्रतिनिधी पात्र मात्र हुन । कञ्चनपुरमा यस्तो पिडा भोग्ने पार्वती मात्रै एक्ली छैनन् । बालविबाहको कारण उनी जस्तै कहाली लाग्दो पिडा पाएकी छन् कञ्चनपुरकी कृष्णपुर नगरपालिका–३ की २४ वर्षीय यशोदा भट्टले । विसं २०७२ तिर १८ वर्षको उमेरमै घरकै सहमतीमा अत्तरियाका एक जना २२ वर्षीय यूवकसँग बिहे गरिन् । कक्षा १२ उत्तीर्ण गरेर विवाह बन्धनमा बाधिएकी भट्टले घरपरिवारको माया पाउनु त परको कुरा श्रीमानबाट समेत कहिलै माया पाईनन् । घरपरिवारबाट समेत मरणासन्न हुनेगरी कुटाई खानु पर्यो । कानुन बारे सामान्य जानकारी भएपनि उनले घरपरिवारको ईज्जत सम्झेर सधै अन्याय अत्याचारलाई चुपचाप सहिरहिन् । आफ्नो ज्यान नै दाउमा लाग्न थालेपछि उनले भागेर आफ्नो प्राण जोगाईन् । अहिले सम्बन्ध विच्छेदको उनको मुद्धा कैलाली जिल्ला अदालतमा विचाराधीन छ । दुई वर्ष भईसक्दा पनि आफूले न्याय नपाउँदा विचल्लीमा परेको र माईतीकै सरणमा बाच्नुपरेको उनको दुखेसो छ । उनले न्याय पाउन सकेकी छैनन् । अपरिपक्व उमेरमा भएको विवाहले न त उनले अध्ययन नै गर्न पाइन न त घरजम नै ।
अहिले पनि श्रीमानको पिटाईको त्रासदी मनमा अमिट बसेको छ । रातीमा समेत उनी त्यहीँ कुटाईको पिडा सम्झेर व्युउझिने गर्छिन् । ‘बेसाहारा जीन्दगीलाई सराप्नुको विकल्प नै के छ र ?’ उनी भन्छिन् ‘जीवन यस्तै रहेछ समयमा बुद्धि पुगेन् ।’ अब सम्बन्ध विच्छेद भए आफ्नै पौरख गर्ने सोचाई उनको छ ।
बालविवाहकै कारण जीवन यता न उताको परेकी अर्की हुन् सरस्वती बोहरा । २० वर्षीय सरस्वतीले १६ वर्षकै उमेरमा प्रेम गरेर भागेर विहे गरिन् । विसं २०७३ तिर कक्षा १० पढ्दा पढ्दै भागेर बिहे गर्दा केटाको परिवारले उनलाई अन्तरजातिय विहे गरेकोमा स्वीकार गरेन् । बालविबाहका कारण शुक्लाफाँटा ११ की सरस्वतीले विवाह दर्ता गर्न नै पाईनन् । उनी एक वर्ष यतादेखि माईतीकै सरणमा छिन् । माईतीमा बस्दा पनि समाजमा कुरा काट्ने तथा विभिन्न लालछना सहनु परेको उनले पोखिन ।
उनको जस्तै पिडा भोग्ने अर्की हुन् १९ वर्षीय नाम परिवर्तन (रोजी) । अशिक्षा र अज्ञानताका कारण शुक्लाफाँटा नगरपालिका घर भएकी उनले १४ वर्षकै कलिलो उमेरमा भागेर विहे गरिन् । तर उनको दुई वर्ष नपुग्दै घर–परिवारसँग खटपट पर्यो । घर–परिवारसंग खटपट परेपछि एक वर्ष उनी माईती घरमा बसिन् । माईतीमा कति बस्ने भनेर उनको दिदीले आफ्नो घर लगिन । दिदीको आश्रय पाएकीले उनले फेरी पनि समस्या भोग्नु प¥यो । उनी भिनाजुको यौन शोषणमा परिन । भिनाजुले गरेको यौन शोषण समाजमा बाहिर ल्याउन सकिनन उनले । भिनाजुको गिद्धेनजर सधै उनीमाथि परिरह्यो । भिनाजुको गिद्धेनजरका कारण पेटमा बच्चा समेत बस्न पुग्यो । उनको पेटमा बच्चा रहेको पत्ता लागेपछि परिवारले उनलाई स्वीकार गरेन् , दिदीको परिवारले अर्कैको जिम्मा लगाउन खोजे । यो केस प्रहरी सम्म पुग्यो । तर केटापक्षले डि.एन.ए. टेस्टसम्मको कुरा गरेपछि दिदीका घरपरिवारले बाध्य भएर स्वीकार गरे । उनको अहिले एक छोरा छन् । उनीमाथि न त दिदीले न त भिनाजु (श्रीमान)ले नै राम्रो व्यवहार गर्छन् । अहिले उनी साह्रै नै समस्यामा छन ।
त्यसैगरी बेलौरी नगरपालिका –५ घर भएकी २६ बर्षीय नाम परिवर्तन (सोनु राना) ले विसं २०७१ बैशाख ५ मा १९ वर्षको उमेरमा भागेर विहे गरिन् ।रानाका लोग्नेको कमाईबाट परिवार धान्न सकस पर्न थालेपछि उनले पुर्नवास नगरपालिका –१० को एक निजि विद्यालयमा शिक्षिका रुपमा काम गर्न थालीन् । अध्यापन पेशाबाट उनको जीवीका राम्रोसँगै चलिरहेको थियो ।