पोखरा । कास्कीमा आज आइतबार रातिसम्म जारी रहेको निषेधाज्ञा थप ५ दिन थपिने भएको छ ।
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले जारी अवस्थाको निषेधाज्ञालाई १२ गतेसम्म लम्ब्याइएको पोखरा महानगरका मेयर मानबहादुर जीसीले जानकारी दिए । उनले अहिलेको अवस्थाभन्दा पनि निषेधाज्ञालाई कडा पारिने उनले बताए ।
यसअघि तीज र कुशे औंसी जस्ता पर्वमा भीडभाड हुने र संक्रमण अझ फैलने निष्कर्षसहित भदौ ३ गते मध्यरात १२ बजेबाट ५ दिनका लागि कास्कीमा निषेधाज्ञा जारी गरिएको थियो ।