कावासोती।कावासोती नगरपालिका वडा न ६ को आयोजनामा २९ औंं अन्तरास्ट्रिय अपाङ्ग दिवशको अवसर पारेर सरोकारवालाहरु बिचको अन्तर्क्रीया कार्यक्रम सम्पन्न भएको छ।शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाइ हौसला प्रदान गर्न तथा उनिहरुलाइ समेत समाजको महत्त्वपूर्ण हिस्साको रुपमा स्वीकार गरेर उनिहरुको मनोभावना उच्च बनाउन सहायक सिद्ध होस भन्ने उद्देश्यले कावासोती नगरपालिकाले कुनै कार्यक्रम नगरेपनी कावासोती वडा न ६ ले कार्यक्रम आयोजना गरेको वडाध्यक्ष हेम प्रसाद पाण्डेले बताए।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले वडामा रहेका अपाङ्गता भएका सबैको समस्या समाधानका लागि पहल गर्ने तथा वडाबाट र आफ्नो व्यक्तिगत तर्फबाट समेत सक्दो आर्थिक सहयोग गर्न पहल गर्ने प्रतिवद्दता व्यक्त गरे।वडा न ६ कार्यालय परिसरमा भएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष हेम प्रसाद पाण्डेले गरेका थिए भने प्रमुख अतिथि अपाङ्ग पुनःस्थापन केन्द्र कावासोतीको कोषाध्यक्ष विष्णु भुसाल रहेकी थिइन।वडा सचिब महेन्द्र बस्ताकोटिले संचालन गरेको कार्यक्रममा वडामा घर लगायतका संरचना अपाङ्गमैत्री बनाउनु पर्ने,अपाङ्ग स्वावलम्बन कोषमा बीउ पुजी थप गर्नुपर्ने,अपाङ्ग दिवस तथा विभिन्न कार्यक्रमका लागि बजेट बिनियोजन गरिनुपर्ने,अपाङ्गता भएका व्यक्तिलाई शिपमुलक तालिम प्रदान गरिनुपर्ने,हरेक घरमा व्हिलचियर लानका लागि स्लेबको निर्माण गरिनु पर्ने लगायत विषयमा छलफल भएको वडा सचीव महेन्द्र बस्ताकोटिले जानकारी दिएका छन।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले आफुहरुको महत्वपूर्ण दिन अपाङ्ग दिवशको दिनमा कावासोती नगरपालिकाले कुनै कार्यक्रम नगरेर आफुहरुलाइ उपेक्षा गरेकोमा आफुलाइ दुख लागेको भन्दै कावासोती ६ ले अन्तर्क्रीया कार्यक्रम राखेर आफ्ना समस्याहरु राख्ने बाताबरण सिर्जना गरेकोमा धन्यवाद ज्ञापन गरिन।बिहिबार ११ बजे सुरु गरिएको कार्यक्रममा वडा सदस्य गोमा नेपाली, सदस्य दुर्गा प्रसाद गैरे,समाजसेवी वुद्दी प्रसाद गौडेल लगायत वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
अन्तरास्ट्रिय अपाङ्ग दिवसको अवसरमा कावासोती ६ मा अन्तर्क्रीया कार्यक्रम सम्पन्न