सिम्फोनी मोवाइल कम्पनीले १० हजार रुपैयाँमा स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ ।
३२ जिवि इन्टरनल मेमोरी र २ जिवि र्याम सहित ५ हजार एमएच बेट्री क्षमता रहेको सिम्फोनी जेड १८ स्मार्ट फोन बजारमा ल्याएको हो । यो स्मार्ट फोन मध्येकै सस्तो रहेको कम्पनीको दावी छ ।
फोनमा ६.५२ इन्चको एचडि डिस्प्ले सहित पछाडी १३ मेघापिक्सल र अगाडी ५ मेघा पिक्सल क्यामरा रहेको छ । फोनमा लाइट सेन्सर, फिङगर प्रिन्ट समेत रहेको छ । कम्पनीले १५ हजार भन्दा कम मुल्यमा जेड३० प्रो, जेड१६, जेड२८ बजारमा ल्याएको छ ।