नवलपुर /१३ मंसिर । राजतन्त्र अर्थात राजसंस्थाको फर्काउनु पर्ने माग गर्दै नवलपुरमा मोटरसाइकल र्याली निकालिएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको पक्ष, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले राजसंस्थाको माग गर्दै नवलपुरमा मोटरसाइकल र्याली निकालेको हो ।
भ्रष्टाचार बढ्दै गएको , हत्या, हिंसा, बलात्कार जस्ता घटना नियन्त्रणमा नरहेको तथा नेताहरु आफ्नै लागी मात्र सोचेको र देशको लागी सोच दिने कोही न भए पछी राजतन्त्र फर्काउनु माग गरेका हुन । शनिवार नवलपुरको डण्डा बजारबाट आएको मोटरसाईल देवचुली नगरपालिकाको चौधरी ग्रुप सम्म भएको र्यालीमा सहभागी युवा भानु तिमिल्सिनाले बताए ।नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर उलेख्ख संख्यामा मोटरसाइकल जुलुस निकालेको हो ।
पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरुले नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान लागु गर्नुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या, हिंसा, बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका नाराहरु लगाएका छन् ।