-आशिका पोख्रेल
खै कुन्नि कता हरायो हाम्रो संस्कृति र संस्कार
हेल्लो हाई मात्र भन्छन् गर्दैनन् कोही नमस्कार ।
आफ्नै लोकप्रिय बाजा लाग्न थाल्यो अब खोटो
पाखे भन्छन् आजकल लगाउनेलाई भोटो ।
आधा शरिर ढाक्ने लुगा भएको छ फेसन
राम्रा राम्रा हुन भनी दल्छन् मुखमा बेसन ।
ढेडो गुन्द्रुक खान्नन् चाहिन्छ चाउमिन मःम
मन मगज सबै खोक्रो बाहिर रमझम ।
हाम्रो संस्कृति राम्रो संस्कृति गरौँ है सम्मान
संस्कृतिबिना रहदैन हाम्रो आफ्नो पहिचान ।