कावासोती, ०५ मंसिर । नवलपरासी वर्दघाट सुस्ता पुर्वमा आज थप ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षण क्रममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिकाका वडा नं ५,१२,१३ बस्ने क्रमश ५०,६७,४३ बर्षिय ३ जना पुरुष रहेका छन् , देवचुली नगरपालिका वडा १५ निवासी ४३ बर्षिय पुरुष र कावासोती नगरपालिकाको वडा नं ३,९ बस्ने २९ र ३६ बर्षिय २ जना गरी ६ जना पुरुषहरु रहेका छन ।
सबै संक्रमितहरुको चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनिकबाट पहिचान खुलेको हो । सबै सङक्रमितहरुलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिउँसो १ बजे जारी गरेको प्रेस बिज्ञाप्ति मार्फत जानकारी आएको छ ।
नवलपुरका थप ६ जना पुरुषमा कारोना संक्रमण