नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्रकाे विवाद उत्कर्षमा पुगेका बेला पार्टीकै दोस्रो पुस्ताका नेताहरूप्रति गम्भीर प्रश्न उठाएका छन् ।
पछिल्लाे समय नेकपाभित्र विवाद उत्कर्षमा रहेका दाेस्राे तहका नेताहरूले गतिलाे भूमिका खेल्न नसकेकाेप्रति उनकाे भनाइ लक्षित छ । बाँस्कोटाले केही नेताहरुको नामै किटेर प्रश्न उठाएका छन्, ‘विभाजित टुकडीको कम्पनी कमाण्डरमा चित्त बुझाउने कि सिंगै एकीकृत पार्टीकाे नेतृत्व लिने ?’

उनले समयले नेताहरूकाे परीक्षण मागेको भन्दै विशाल पार्टीमा सार्थक शैद्धान्तिक, वैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्वमा लिनुपर्नेमा दाेस्राे तहका नेताहरू गुट-उपगुटमा रूमल्लरहेकाेप्रति उक्त प्रश्न उठाएका हुन् ।