कावासोती ।पुर्वी नवलपरासी वडा न ९ निवासि ७५ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको छ।
सप्तगण्डकि अस्पतालमा कार्तिक २० गते भर्ना भएकि उनि कार्तिक २३ गते चितवन मेडिकल कलेजना स्वाव परिक्षण को लागि पठाइएको थियो र २४ गते उनमा संक्रमण पुस्टि भएको हो।उनि पहिले बाट पक्षाघातको बिरामि थिइन। संक्रमण पुस्टि भएलगत्तै उनलाइ आफ्नै घर मा ल्याइएको थियो।
होम आइसोलेसन मा बस्ने क्रममा शुक्रबार राति करिब २:०० बजे आफ्नै घरमा निधन भएको र . उनको शव नेपाली सेना र प्रहरी टोलीको नियन्त्रणमा ब्यवस्थापन गरिएको हो।