कपिलवस्तु । तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठानले हिन्दू नारीहरूले मनाउने महत्त्वपुर्ण चार्ड हरितालिका तीज सामुहिक भीडभाड नगरी केवल पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गर्नुभएको छ ।
पठानले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुलाई महान चार्ड हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्दै यो वर्षको तीजमा अनावश्यक जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गर्नुभएको हो ।
विश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयम् समाजिक दुरी पालना गरी सरकारले यसको नियन्त्रणका लागि लगाएको सामाजिक दुरी, स्वास्थ्य सम्बन्धि सम्पुर्ण नियमलाई पालना गरी घरमै तिज मनाउन उहाँले सम्पुर्णमा अनुरोध गर्नुभएको हो ।
उहाँले हाल सरकारले कतिपय जिल्लामा लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनुसार समाजिक दुरीको पालना गरी पर्व मनाउन समेत अपिल गर्नुभएको छ ।