कार्तिक २२ पोखरा ।
कोरोना संक्रमणबाट कास्की र नवलपुरका एक–एक जनाको ज्यान गुमेको छ । यसरी ज्यान गुमाउनेमा कास्कीको पोखरा महानगरपालिका–१७ की एक महिला र नवलपुरको गैंडाकोट–१२ का ८२ वषिय संक्रमित पुरुष रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय दुई पुगेको छ । गत कार्तिक १६ गते कोरोना संक्रमणको पुष्टि भएकी पोखरा–१७ की २९ वर्षिय संक्रमित महिलाको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा शुक्रबार दिउँसो २ ः २३ बजे मृत्यु भएको हो ।
यस्तै आन्द्रामा समस्या भएर चितवन मेडिकल कलेजमा कार्तिक ३ गते भर्ना भएका कावासोतीका पुरुषको पनि शुक्रबार दिउँसो २ बजे उपचारकै क्रममा सो अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा कार्तिक १८ गते मात्रै कोरोना संक्रमण पाइएको थियो ।