घाँस काट्न गएकी युवतीलाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा रौतहट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मंगलपुर टोल बस्ने शुभराज थापा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
थापाले पौराई स्थित पूर्व पश्चिम लोकमार्ग सडक छेउ जंगलमा घाँस काट्न गएकी १६ वर्षीया युवतीलाई मुख थुनि समाती बल पुर्वक जंगलको झाडी तर्फ लगि जबर्जस्ती करणी गर्न खोजेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेम शाहीले जानकारी दिनुभयो ।
थापाले जवर्जस्ती करणी गर्ने प्रयास गर्न लाग्दा युवतीले हो(हल्ला गरेपछि उनी भागेको र पिडित युवतीको जाहेरीको आधारमा उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।
पक्राउ परेका थापालाई रौतहट जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद थप गरि कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।