सुरेश कुमार पांडेय ५ भदौ, कपिलवस्तु । कपिलवस्तु समाजले आयोजना गर्दै आएको भर्चुअल कार्यक्रमको तेस्रो भाग गूगल मीट बाट भाद्र ६ गते साँझ ५ बजे कपिलवस्तुको विकासमा संघीय सांसदको भुमिका कार्यक्रम आयोजन हुदैछ। सम्मिलित हुन आ-आफ्नो ईमेल आइडि पठाउन अनुरोध गरिएको छ। माननीयहरु संग आ-आफ्नो प्रश्न राख्न सकिने छ। कपिलवस्तुको विकासका सम्भावना तथा चुनौती र समाधान विषयक कार्यक्रम गुगल मीट वाट हुने भएको हो। कपिलवस्तु समाजको आयोजना र पी एस एम ग्लोबल कन्सल्टेन्सी प्रा ली को सह आयोजनामा संचालन हुने कार्यक्रममा वक्ताहरु चक्रपाणी खनाल (बलदेव) कपिलवस्तु १ संरक्षक कपिलवस्तु समाज पुर्व मन्त्री, अभिषेक प्रताप शाह संरक्षक कपिलवस्तु समाज, डा. भुषाल कपिलवस्तु सांसद, अहतर कमाल मुसलमान आजिवन सदस्य, बिमला घिमिरे, कपिलवस्तु सांसद, अनिरुद्दनाथ शुक्ला अध्यक्ष कपिलवस्तु समाज अध्यक्षता एवं समापन, बिमल पाण्डे उपाध्यक्ष कार्यक्रम सहजकर्ता, माधव राज घिमिरे कार्यक्रम संयोजक, आलाक तिवारी कार्यक्रम स्वागत, प्रज्वल भट्टराई प्राबिधिक सहयोगी रहनेछन। कपिलवस्तुको विकासको लागि आ-आफ्नो धारणा राख्नका लागि आयोजित भर्चुअल कार्यक्रममा सरोकारवाला सबैको सहभागिता रहने आयोजक कपिलवस्तु समाजले जनाएको छ।
कपिलवस्तुको विकासको लागि संघीय सासंदहरुको भुमिका बिषयक कार्यक्रम हुँदै