मुक्तक-१
म भन्दा नी थोरै ठुली कहिले हुन्छौ तिमी
अनि सुन्दर बाटुली कहिले हुन्छौ तिमी
भोली भोली भन्दा भन्दै बर्षौ बित्यो पुजा,
साच्चै भन मेरो बेहुली कहिले हुन्छौ तिमी
मुक्तक- २
थाहा छैन नहेरी देख्छन् कि हेरेरै देख्छन्
देखेपछि फेरी गल्ती जति सबै मेरै देख्छन्
प्रियसी, साझ परेपछि झ्याल लगाउन नभुल्नु
तिम्रा छिमेका बा'ले आखा धेरै देख्छन् !
मुक्तक-३
यो मन जलेर खरानी नुहुने रहेछ
र सोचेको जस्तो जिन्दगानी नहुने रहेछ
अब यी जेठमा बिहे गर्नु पर्छ यार
सधै च्यापेर सिरानी नहुने रहेछ !
मुक्तक-४
तिम्रो छोरा पैसामा बिको भनेर
पढाइबाट पनि हात झिको भनेर
यस्तै यस्तै गाउ भरि हल्ला छ रे आमा
गाजा,रक्सी चुरोट खान सिको भनेर ।।
मुक्तक-५
कहिल्यै नछुटिने प्यार बनाउछु
ढिलै नगरि हतार बनाउछु
धेरै देखे यार प्रेमका रोगीहरू
अब मैले यसको उपचार बनाउछु
नाम -: आकाश थापा " भुन्टे "
ठेगाना-: स. न. पा अर्घाखाची
हाल -: बुटवल देविनगर
अर्घाखाचीका मुक्तककार आकाश थापाको उत्कृष्ट पाँच मुक्तकहरु