कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष दशैँको टिका ग्रहण गर्दा अधिकांशले मास्क लगाएको पाइयो । घरमा टीका लगाउँदा र मान्यजनको टीका लगाउन घरबाहिर जाँदा धेरैले मास्क प्रयोग गरेका थिए संक्रमणको सिकार नभएकाहरुले मास्क लगाएर टिका कार्यक्रम गरे पनि यस वर्ष ४३ हजारभन्दा धेरै संक्रमित व्यक्तिहरुले दशैँको टिका लगाउन पाएनन् । अहिले पनि नेपालमा ४३ हजार २ सय ९३ जना व्यक्ति संक्रमित रहेका छन् । उनीहरु सबै आइसोलेसनमा छन् । ३२ हजार ६ सय ७ जना होम आइसोलेनमा छन् भने २ सय ८५ जना आइसियु र ६४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । क्वारेन्टिनमा रहेका २ हजार ९ सय ६९ जनाको दशैँ पनि यसपटक खल्लो भयो । संक्रमणको अवस्थालाई मध्यनजर गर्दै साथीभाइ र आफन्त भेला भएर मनाइने यो चाडलाई धेरैले यसपटक परिवारमा नै सीमित गरेका छन् ।
४३ हजारभन्दा धेरै संक्रमित व्यक्तिहरुले दशैँको टिका लगाउन पाएनन् अधिकांस ले मास्क लगाएर नै टीका लागाए ।