काठमाडौं । तार्केश्वर नगरपालिका-४ शेषमती सानोपुल नजिक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका६ घर भएकी २७ वर्षीया उषा पाठक खतिवडाको कोठाबाट १.५ तोला सुनका विभिन्न गरगहना, नगद ८० हजार रुपैयाँ तथा ७ सय अमेरिकी डलर समेत गरी करिब ३ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।