देवचुली एलिना केसी, देवचुली, शुक्रबार बिहानै देवचुली नगरपालिकाका ९ जनामा काेराेना भाईरस संक्रमण पुष्टि भएकाे छ । मंगलबार पाेखरा प्रयाेगशाला र सिएमसिमा गरिएको परिक्षणमा ९ जनाकाे पिसिअार रिपोर्ट पाेजेटिभ अाएकाे हाे । देवचुली नगरपालिका वडा नम्बर ३ का २८ वर्षिया महिला, वडा नं ५ का २७ र ६० वर्षिय पुरूष, वडा नं ११ का ५१ वर्षिय पुरूष, वडा नं १३ का ५२ वर्षिय पुरूष, वडा नं १५ का २८ वर्षिया महिला, वडा नं १६ का ४० र २१ वर्षिया पुरूष, वडा नं १७ का ४५ वर्षिय पुरूष गरि जम्मा ९ जनामा काेराेना भाईरस संक्रमण पुष्टि भएकाे देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयाे । संक्रमित भएका दुई जना देवचुली नगरपालिकाका कर्मचारी रहेका छन् भने अन्य स्थानीय बासिन्दा रहेकाे श्रेष्ठले बताउनुभयाे । याे सँगै देवचुली नगरपालिकामा २ सय ८७ जनामा संक्रमण पुष्टि भएकाे छ भने मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ ।
देवचुली नगरपालिकाका २ कर्मचारी सहित ९ जनामा काेराेना पुष्टि