एजेन्सी :पाकिस्तान इगंल्याण्ड बिचको दोस्रो टेस्ट म्याच बर्षाको कारणले बराबरिमा सकिएको छ।पहिले दिन देखिनै वर्षाले अवरुद्घ गरेको टेस्टमा पाकिस्तानले पहिले पारिमा सबै विकेट गुमाएर २३६ रन मात्रै जोडेको थियो।लगातार वर्षाले अवरोध गरेको खेलमा पाकिस्तानले खराब सुरुवात गर्दै कुनै समय २०० रनको आकडा पनि पार गर्न नसक्ने अवस्थामा देखिएको थियो।तर विकेटकिपर व्याट्सम्यान रिजवनले उत्कृष्ट ७० रनको पारी खेलेपछी पाकिस्तानले सम्मानजनक २३६ रन बनाउन सफल रह्यो । तेस्रो र चौथो दिन लगातारको वर्षाले खेल सम्भव नहुदा पाचौ दिन जवाफी ब्याटिङमा उत्रेको इङल्याण्ड्ले पनि खासै राम्रो प्रदर्सन गर्न सकेको थिएन।११० रन जोड्दा ४ विकेट गुमाएको स्थितिमा बर्षाले खेल रोकिएपछी म्याच बराबरिमा सकियो।यस अघिको पहिलो टेस्टमा भने उत्कृष्ट पुनरागमन गर्दै इगंल्याण्डले खेल जितेको थियो।
पाकिस्तान र इगंल्याण्ड बिचको दोस्रो टेस्ट बराबरिमा